ब्लाक्क प्लस डेक्करको सामान किन्दा १ लाखसम्म जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2021 | 02:20:59 PM मा प्रकाशित

laxmi  sunrise bank

 इलेक्ट्रोनिक्स ब्राण्ड ब्लाक्क प्लस डेक्करले नजिकिरहेको नेपालीहरुको चाड दशैं र तिहारलाई लक्षित गर्दै ’दशैं तिहार लक्की स्क्रयाच’ नामक योजना सार्वजनिक गरेको छ । यस् योजना अन्तर्गत ग्राहकले ब्लाक्क प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा एउटा स्क्रयाच कार्ड पाउने र यसबाट एक लाख सम्मको हात खाली नजाने क्यास प्राईज तत्काल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 साथै लक्की ड्र अन्तर्गत मासिक उपहारहरु र बम्पर उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लक्की ड्र अन्तर्गत मासिक उपहारहरुमा २ लक्की बिजेताले ब्लाक्क प्लस डेक्करको ओ.एफ.आर ओएल हीटर र ओ.टी.जी ओवन जित्न सक्नेछ भने अन्तिममा बम्पर उपहारमा १ भाग्यशाली ग्राहकले एल.जी को ९ के.जी फ्रन्ट लोड वाशिङ मसीन जित्न सक्नेछ । 

सो लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकले सामान खरिद गरेको बेला वारेन्टी कार्डमा आफ्नो पूर्ण विवरण भरीे विक्रेतालाई बुझाउनु पर्ने कम्पनीले उल्लेख गरेको छ।  कम्पनीले यो योजना असोज १५, २०७८ देखि सीमित अवधिका लागि लागू गगरेको हो । ब्लाक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इ.ओ.एल रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved