डिशहोमको रिचार्जमा आकर्षक छुट, नयाँ ग्राहकलाई स्पेन घुम्ने मौका !

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 07, 2021 | 11:45:30 AM मा प्रकाशित

laxmi bank

डिशहोमले रिचार्जमा आकर्षक बोनसको योजना ल्याएको छ। चाडपर्वको अवसर पारेर डिशहोमले आफ्ना ग्राहकको लागि आकर्षक बोनसको अफर ल्याएको हो। 

डिशहोमका अनुसार डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकहरुले आकर्षक बोनस पाउनेछन।  यो योजना अन्तर्गत डिशहोमको रिचार्जमा बाईस सय रुपैयासम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सक्नेछन।

यो योजना संगै ग्राहकहरुले अव मासिक ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन। यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकहरुले रु २००० को लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्नेछन। 

स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved