दशैंमा द क्लिफमा स्विङ गर्नेलाई १५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2021 | 08:12:42 AM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकै अग्लो स्विङ सन्चालन गरिरहेको द क्लिफ प्रालिले दशैंको अवसरमा स्विङ गर्नेलाई १५ प्रतिशत छुट घोषणा गरेको छ । सात हजार शुल्क रहेको स्विङ नवमी, टीका र एकादशीका दिन ५ हजार ९ सय ५० मा खेल्न सकिने बताइएको छ ।

कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ । सोही पुलको बिचमा   स्विङ र बन्जीको जम्प गर्ने प्लाटफर्म रहेको छ । स्विङमा एक्लै र दुइजना एकसाथ बसेर मज्जा लिन सकिन्छ । 

बिश्वकै अग्लो स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सन्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ, पारिवारिक पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् ।

उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved