दराजले ४७ भन्दा धेरै सहरमा डेलिभर गर्ने, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 12:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दराजले आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ।  २०१८ सालमा अलिबाबाद्वारा कम्पनीको अधिग्रहण पछि, दराजको मुख्य उदेस्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको कम्पनीले जनाएको छ।

 हाल दराजले नेपालका ४७ भन्दा बढी सहरहरूमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको छ।

कम्पनीले भनेको छ 'नेपालको विविध भूगोलले दराज जस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइहरू प्रस्तुत गर्दछ। जस मध्ये, प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ। देशभरका प्रमुख शहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउदछ। येही मुद्दालाई सम्बोधन गर्नको लागी, दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरण कर्मीहरुसंग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ। यी  वितरण कर्मी या “डेलिभरी हिरोजÞ“हरुले कम्पनीलाई कुनै पनी उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन् ।'

हाल दराजको देशभर १५ वटा डेलिभरी हबहरू छन्। बिर्तामोड, विराटनगर, जनकपुर,  बीरगंज,  भरतपुर, पोखरा, बुटवल, धनगढी, भक्तपुर – सल्लाघारी,  काठमाडौं – पुरानो बानेश्वर, काठमाडौं – बालाजु, काठमाडौं – गोपीकृष्ण, काठमाडौं – निऊ रोड, काठमाडौ – थसिखेल र  काठमाडौं – सोल्टिमोड दराजका डेलिभरी हब हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved