महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती, भौचर भर्नुपर्ने अवस्थाको अन्त्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 02:18:12 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंकएक्सपी प्रणालीमा स्तरोन्नत्ती गरि कात्तिक १५ देखि उक्त सेवाको सुभारम्भ गरेको छ।  

बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको बैंकले जनाएको छ। 

यसबाट ग्राहक महानुभावहरुलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ । 

यस सेवाको सुरुवात सँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नुहुनेछ । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।

बैंकका अनुसार बैंकमा बैंकमा खाता नै नभएकाले समेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन। यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकले मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ। 

यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् । 

स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore र IOS को Appstore बाट ग्राहकले Mahalaxmi BankXP डाउनलोड गर्न सक्नेछन । यस बैंकको वेबसाईट https://www.mahalaxmibank.com/ बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, बागमती प्रदेशमा ३७,  गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रधान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved