अमेरिकी प्रविधिको बब्क्याट ब्याकहो लोडर सार्वजनिक, मुस्ताङमा समेत परिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2021 | 06:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

हेवी इक्युप्मेन्ट कम्पनी बब्क्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि. ले नेपाली भूगोलका लागि उपयुक्त हुने  B 760 ब्याकहो लोडर सार्वजनिक गरेको छ। नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरे संगै बुकिंग पनि खुला गरिएको र उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरि नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको कम्पनीले जनाएको छ ।

यसलाई नेपालका तराई, पहाड र हिमाल तिनै भूभागमा पूर्व परीक्षण गरि सार्वजनिक गरिएको हो । उक्त मेसिनमा रहेको हिटिंग प्रविधी परीक्षणका लागि नेपालको माथिल्लो मुस्तांग( ४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सुचारू भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार अमेरिकी प्रविधीबाट निर्मित B760 मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ ।

उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिंग शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी समेत कम्पनीले गरेको छ। यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुने र यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ तथा लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।

७४ बर्षको इतिहास बोकेको यस कम्पनीले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ। हाल संचालनमा रहेका हेवी कम्प्याक्ट इक्युप्मेन्टहरु मध्ये संख्यात्मक रूपले हेर्दा विश्वभर बबक्याट नं.१ मा रहेको कम्पनीले दाबी गरेको छ।

हाल नेपालका काठमाण्डौ,नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, बिरगंज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बब्ब्याट B 760 को बुकिंग गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved