शाओमीको मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 02:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ।

 के के छन् विशेषता ?

कम्पनीका अनुसार  मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ र यसमा करेन्ट÷ प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट–इन २००० MAH को लिथियम ब्याट्री रहेको छ । यस उपकरणले ०–१५० पीएसआई सम्मको कुनै पनि टायर फुलाउन सक्छ जुन तपाईंको कार, मोटरबाइक, साइकल लगायत फुटबल÷बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको छ । यसमा  PSI, BAR, र KPA नामक तीन फरक प्रिसेट प्रेसर युनिटहरू बीच स्विच पनि गर्न सकिन्छ। मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले कारको टायर पूर्ण रूपमा फुलाउन ६ मिनेट र साइकलको टायर पूर्ण रूपमा फुलाउन ३ मिनेट मात्र लिन्छ । यसले सिंगल चार्जमै ५ वटा कारको टायर अथवा ८ वटा साइकलका टायरहरू बाह्य पावर सप्लाईको आवश्यकता बिना पूर्ण वायरलेस अपरेशनको साथ फुलाउन सक्छ ।

बनावट

मि पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एउटा दमदार डिभाइस हो जसलाई खल्तीमा राख्न मिल्ने गरी चिटिक्क आकारमा बनाइएको छ । यसको सानो साइजले गर्दा यसलाई जतासुकै पनि बोकेर लान सकिन्छ । यो एउटा मल्टि–पर्पोस डिभाइस हो जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ । यसमा एउटा युनिभर्सल माइक्रो युएसबि पोर्ट छ जसले गर्दा यसलाई सजिलै चार्ज गर्न सकिन्छ साथै पावर बैँकबाट पनि ३ घण्टाभन्दा कम समयमा यसलाई चार्ज गर्न सकिन्छ ।

सुरक्षा

यसमा ओभर–प्रेसर र ओभर–चार्ज प्रोटेक्सन भएको हुँदा प्रिसेट प्रेसरमा पुगिसकेपछि स्वतः फुलिनबाट रोक्छ, त्यसैले यो डिभाइस प्रयोग गर्न सुरक्षित र सजिलो छ । यसले पर्याप्त रुपमा ताप पनि सोस्छ र साथै यसमा भएको शक एब्जर्बिब प्याडले सिलिन्डरको भाईब्रेसनलाई नियन्त्रण गरि डिभाइस चलाउँदा कम्पन हुन दिँदैन ।

मि एयर प्युरिफायर – ३

मि एयर प्युरिफायर– ३ मा एउटा प्राइमरि फिल्टर, एउटा ट्रु एचइपीए फिल्टर र एउटा एक्टिभेटेड कार्बन फिल्टर गरी ३ तहको फिल्ट्रेसन छ जसले गर्दा यसलाई एयर प्युरिफायरको रेञ्जमा अलग्गै पहिचान दिएको छ । हावामा भएका पिएम १० भन्दा माथिका ठूला कणहरुलाई प्राइमरि फिल्टरले छान्छ भने ट्रु एचइपीए फिल्टरले पिएम २।५ सम्मका कणहरुलाई ९९।९७५ सम्म फिल्टर गर्छ । त्यस्तै गरि एक्टिभेटेड कार्बन फिल्टरले हावालाई फर्मल्डिहाइड, अन्य विषालु पदार्थ र गन्धबाट शुद्ध बनाउँछ । ३६० डिग्री सिलिन्ड्रिकल डिजाइन भएकोले गर्दा यो प्युरिफायरले सबै दिशाबाट हावा तानेर फिल्टर गर्न सक्छ ।

मि एयर प्युरिफायरले एक घण्टामा ३८० घन मिटरसम्म शुद्द हावा फाल्न सक्छ । यसको मतलब यसले एक मिनेटमा ४८४ वर्ग फिटको क्षेत्रफलमा ६,३३३ लिटर शुद्द हावा प्रदान गर्छ । यो अत्यन्त आकर्षक मिनिमलिस्टिक डिजाइनमा बन्नुको साथै यसमा टच–स्क्रिन ओएलइडि डिस्प्ले पनि रहेको छ जसले हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स देखाउँछ । यसलाई मी होम एपसँग कनेक्ट गरेर हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स पनि मोनिटर गर्न सकिन्छ ।

मूल्य र उपलब्धता

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५,९९९÷– रहेको छ र यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै गरि मी एयर प्युरिफायर–३ को मुल्य रु २३,४९९÷– रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved