दुई युवाले सुरु गरे नेपालकै पहिलो सुपरएप, फुड डेलिभरीदेखि राइड सेयरिङको सेवा एकै ठाउँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 10:30:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिजिटल कारोबारलाई एकीकृत गर्ने उदेश्यले ‘यो पो सुपर एप' सञ्चालनमा आएको छ । एउटै एप्समार्फत ‘मल्टिपल सर्भिस’ उपलब्ध हुने 'यो पो' सुपर एप कन्सेप्ट सन् २०१३ मै तयार भएको हो।

अहिले विभिन्न क्षेत्रका व्यवसायसँग ‘टाई अप’ को काम गरिरहेको यो पो सुपर एप’ मा २ जना युवा सक्रिय छन्। सुपरएपको रुपमा सुरु भएको यो प्लेटफर्म अहिले डिजिटल दुनिया बन्ने तयारीमा छ।

‘थिंक फ्यूचर’ स्लोगनसहित सुरु भएको यो पो सुपर एप’ एन्ड्रोइड र आईफोन दुबै खालका मोबाइलमा उपलब्ध छ।

के के छन् सुविधा ?

सन् २०१३ देखिको कन्सेप्टका आधारमा बनाईएका सबै सिस्टमलाई एकै ठाउँमा एकिकृत गरेर यो पो सुपरएप’ सुरु भएको हो । ई–कमर्श, ट्राभल, अनलाइन फुड डेलिभरी, कुरियर, डिजिटल वालेट, होलिडे प्याकेज, र राइड सेयरिङ (बाइक र ट्याक्सी) लगायतका सबै सुविधा यो पो सुपर एपमा’ उपलब्ध छ ।

ट्राभलमा बस टिकट बुकिङ, उडानको टिकट बुकिङ, होटल बुकिङ जस्ता सुविधा उपलब्ध रहेको छ । इन्टरटेइनमेन्ट अन्तर्गत फिल्म हेर्न पनि यही एप्समार्फत सकिने छ ।

यति मात्रै नभई नेपालमै पहिलो पटक डिजिटल गोल्ड पनि यो पो सुपर एपलेनै सुरु गर्दैछ । अनलाइन फुड डेलिभरीका लागि ६० वटाभन्दा बढी रेष्टुरेन्टसँग ‘टाई–अप’ भईसकेको सँस्थाका सीएसओ पराक्रम बहादुरको भनाई छ।

पब्लिक एरियामा वाइफाइ

यो पो सुपर एप ले ‘पब्लिक एरिया’मा फ्रि वाइफाइ पनि राख्दैछ । एयरपोर्ट, बस पार्क, पाटन लगायतका मानिसहरुको बाक्लो उपस्थिति हुने क्षेत्रमा ‘हटस्पट’ वाइफाइ राख्न लागिएको यो पो सुपर एप ले जनाएको छ । ‘थिंक फ्युचर’ नारासहित आएको यो पो सुपर एप ले नेपाली कृषि उत्पादनलाई पनि समेट्ने प्रयास गर्दैछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved