टर्कीको अन्तराष्ट्रिय ब्राण्ड 'इफेन्दी' नेपालमा, तयारी सुटपाइन्ट र मेल वेयरमा स्पेसलाईज्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 11:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

तयारी पोशाकको रुपमा बिश्वभर चर्चित टर्कीको अन्तराष्ट्रिय ब्राण्ड 'इफेंदी' नेपाली बजारमा भित्रिएको छ। 'इफेंदी' ले अन्तराष्ट्रिय स्तरमा सन १८८१ देखि नै तयारी सुटपाइन्ट, सर्टपाइन्ट, ज्याकेट, स्विटर, बेल्ट, जुत्ता लगायत 'मेल फर्मल वेयर' सँग सम्बन्धित तयारी पोशाकहरु बिक्रि गर्दै आएपनि यो ब्राण्ड नेपालमा हालै मात्रै भित्रिएको हो।    

काठमान्डूको ब्यस्त ठाउँ दरबारमार्ग नजिकै रहेको राइजिङमलमा अवस्थिति 'इफेंदी' ले पछिल्लो दुई बर्षदेखि अन्तराष्ट्रिय ब्राण्डको तयारी सुटपाइन्ट बिक्रि गरिरहेको छ। इफेन्दी टर्कीस शब्द मात्रै नभई यो सुटपाइन्टमा प्रयोग हुने कच्चा पदार्थ पनि टर्किसमा नै उत्पादन हुन्छ र त्यहिबाट आफ्ना अन्तर्राष्ट्रिय आउटलेटहरुमा तयारी पोशाकहरु बिक्रि वितरण हुन्छ।

लामोसमयदेखि बेलायत तथा युरोप बसोबास गर्दै आएका नेपाली व्यवसायीहरुहरुको समुह मिलेर टर्कीको अन्तराष्ट्रिय ब्राण्ड 'इफेंदी' नेपाली बजारमा भित्र्याएका हुन्।  नेपाल आउँदा जाँदा टर्की ट्रान्जिट पर्ने र अन्तराष्ट्रिय ब्राण्डको कपडा नेपालमा राम्रै हुन्छ भन्ने मनसायले यो ब्राण्ड नेपाल भित्र्याएको झन्डै एघार बर्ष बेलायत बसेर नेपाल फर्केका संचालक विश्व बस्ताकोटीको भनाई छ।

नेपालमा पनि अन्तराष्ट्रिय ब्राण्डका सुटपाइन्ट लगायतका तयारी पोशाक लगाउने ठुलो समुह छ भन्ने विश्लेषण गरि इफेंदी ब्राण्डलाई दुई बर्ष अगाडी नै आफुहरुले नेपालमा भित्र्याएको उनी बताउँछन्।     

जसरी इफेंदी शब्दको अर्थ आफैमा गरिमा बोकेको छ त्यसैगरि यस कम्पनीको तयारी पोशाकले अन्तराष्ट्रिय स्तरमै आफ्नो ब्रान्ड छाप छोड्न सफल भएकाले नेपालमा यो आउटलेट संचालन गरिरहेको विश्व बस्ताकोटी बताउँछन्। 

टर्कीस भाषामा आफूभन्दा ठुलालाई सम्मानपुर्वक बोलाउन प्रयोग गरिने शब्द हो 'इफेंदी'। र सिधारुपमा बुझ्दा यसको अर्थ मालिक, हिज एक्स्लेंसी हो। र नेपाली बोलीचालीको भाषामा भन्दा 'हजुर मालिक' भने जस्तै हो। 

कपडा उत्पादनमा मात्रै नभई गुणस्तरीय कपडा उत्पादनमा टर्कीको आफ्नो छुट्टै पहिचान र मौलिकता रहेको पाइन्छ। र इफेंदी ले पनि सन् १८८१ देखि अर्थात आजभन्दा १४० बर्षदेखि टर्कीको कच्चा पदार्थ पर्योग गरी सुटपाइन्ट लगायतका तयारी पोशाक उत्पादन गर्दै आएको छ। 

इफेंदी ब्राण्ड नेपालमा भित्र्याए लगत्तै कोभिड १९ जस्तो बिश्वब्यापी महामारी देखिएपछि यसको प्रचार प्रसार तथा औपचारिक उद्घाटन गर्न नपाएको बिश्व बस्ताकोटी भन्छन्, "बिश्व अब एउटा घर जस्तै भईसकेको छ र जीवन जिउने शैली पनि बदलिएको छ र त्यसबाट नेपाल अलग छैन, नेपालमा पनि ब्यस्त समयका कारण आफुले भनेजस्तो तयारी पोशाक किनेर लगाउने बानि बसेको देखेर नै यो ब्राण्ड नेपाल भित्र्याएको हो। 

उनि अगाडी भन्छन्, कोभिड १९ को कारण औपचारिक रुपमा यसको प्रचार गर्न नपाएपछि आफन्त साथीभाई र दरबारमार्ग घुम्न आउनेहरुको नजरमा इफेंदी परेको छ र पछिल्लो समय धेरैले इफेंदीको तयारी सुटपाइन्ट लगायतका कपडाहरु आफ्नो रोजाई बनाईरहेका छन्।

उनकाअनुसार दर्जनौं देशमा इफेंदीको आउटलेट रहेको र अन्तराष्ट्रिय ब्राण्ड भएपनि यसको मुल्य नेपालमा तुलनात्मक रुपमा सस्तो नै रहेको छ। हाल नेपालमा इफेंदी ले दुई र तीन पिसको वुलन तयारी सुटपाइन्ट, सर्ट, पाइन्ट, ज्याकेट, स्विटर, बेल्ट, जुत्ता लगायत सम्पूर्ण तयारी पोशाक बिक्रि गरिरहेको छ। 

तयारी सुटपाइन्टको मुल्य १४ हजारदेखि ४३ हजारसम्म पर्ने तयारी सुटपाइन्ट उपलब्ध छन् भने १० हजारदेखि १४ हजारसम्म पर्ने उँटका छालाको जुत्ता उपलब्ध छ। 

गुणस्तर, चिटिक्क मिलेको तयारी पोशाक, अन्तराष्ट्रिय ब्राण्ड र तुलनात्मक रुपमा सस्तो मुल्य नै इफेंदीको मुख्य बिशेषता भएको बस्ताकोटीको भनाई छ। एकपटक हाम्रोमा आउनेले यहाँबाट केहि न केहि लैजान्छन्, तयारी सुटपाइन्ट लगायतका कुनै पनि कपडा किन्न अगाडी कम्तिमा  हामीलाई सम्झिन्छन् भन्ने आफ्नो बिश्वास रहेको बस्ताकोटी बताउँछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved