ललितपुर इमाडोलमा साथीमार्टको नयाँ आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2021 | 01:32:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साथिमार्टको ८५औ आउटलेट ललितपुरको इमाडोल महालक्ष्मीमा सुरु भएको छ । व्यवसायी राधिका पन्त (त्रिपाठी) सँग  साथीमार्ट इनकर्पोरेट प्रालिले फ्रेन्चाइजको लागि  सहकार्य गरेको हो। मार्टको शनिवार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका छन् ।

साथी मार्टको आउटलेटले स्थानीय बासिन्दालाई उचित मूल्यमा गुणस्तरीय सेवा सुविधाका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने र  सर्वसुलभ मूल्यमा  सेवामुखी भावका साथ उपभोग्य सामान उपलब्ध गराउन भएकोले साथीमार्टको आउटलेट सुरु गरेको पन्तको भनाइ छ ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुने बताइएको छ।  फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा पोखरा, चितवन, बुटवलमा पनि यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको मार्टले जनाएको छ । स्थापनाको छोटो समयमै मेची देखि महाकालीसम्म ७ दर्जन बढी आउटलेट खोल्न सफल साथीमार्टले मङ्सिरमै थप ६ ठाउँमा  नयाँ आउटलेट सन्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

चपुर रौतहट, मिलनचोक धनगडी, टोखा काठमाडौँ, खनार इटहरी, सनिस्चरे मोरङ, भोटेवडार लमजुङ गरि ६ आउटलेट उद्घाटनको अन्तिम चरणमा रहेको मार्टले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved