सिजि ब्राण्ड अन्तर्गत ‘सिजि मेरिडिया' प्रिमियम टिभी आजबाट बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2022 | 09:17:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजि ब्राण्ड‌ अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम टिभी आजबाट बजारमा ल्याएको छ । कला र प्रविधिको उतकृष्ट मिलन मान सकिन्ने सिजि मेरिडियाको यो टिभी ‘बेजललेस डिजाइन’ मा उपलब्ध रहेको जनाईएको छ। 

यसको डिजाइनले अगाडिको भागलाई पूर्ण रुपमा स्क्रीन मात्र बनाउन मद्दत पुर्याएको छ भने आकर्षकताका लागि ‘डायमन्ड कट’ डिजाइन प्रयोग गरिएको छ। यस टिभी रोमान्टिक आइफील टावरको स्ट्यान्डबाट प्रेरित सिजि ब्राण्डको लक्जरी उत्पादनहरूमध्ये एक हो ।

 प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।

 यस टिभीको मूख्य आकर्षण ‘पूर्णरुपको स्क्रीन हो, जसले गुणस्तर तस्वीर, फराकिलो दृश्य कोण, इन्टीग्रेटेड अडियो जस्ता बिशेषताहरू प्रदान गरेको छ। 

उक्त टिभीमार्फत ग्राहकले सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जालमा प्रवेश गर्न पाउँनेछन् भने गुगल प्लेस्टोर र एपल स्टोरबाट आफूले चाहेको एप्सहरू डाउन्लोड गर्न सक्नेछन्। 

प्रिमियम उत्पादनहरूमध्ये एक पर्ने यस टिभीको इन ब्यूल्ट साउन्डबार स्पीकर पनि अर्को लोभलाग्दो पक्ष हो जसले ग्राहकलाई भर्चअलरुपमा घेर्ने, प्रष्ट र थियेट्रीक साउन्ड प्रदान गर्दछ । फ्रेमका लागि अल मेटल अवधारणाले यस टिभीलाई झनै आकर्षक र स्निग्ध बनाएको छ । 

 त्यसैगरी, मेरिडिया टिभी, अन्य बिशेषताहरू जस्तैस् कर्भ स्ट्यान्ड, पातलो बनावटले, यस टिभीलाई ‘वाल(माउण्ट’ का लागि अत्यन्तै सही, सुरक्षित, र व्यवाहारीक टिभी रहेको कम्पनीले बताएको छ । 

सिजि ब्राण्डले आउने दिनहरूमा ‘सिजि मेरिडिया प्रिमियम सेगमेण्ट’ अन्तर्गत अरू पनि थुप्रै प्रिमीयम उत्पादनहरू बजारमा ल्याउने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved