ग्यापुबाट सामान खरिद गर्दा भट्टले जितिन् अप्रिलिया स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 03:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्यापुबाट सामान खरिद गर्दा आयुष्मा भट्टले अप्रिलिया स्कुटर जितेकी छिन् ।इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन  गरेको दशैं-तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा भट्टले स्कुटर जितेकी हुन् ।

भट्टलाई राजधानी स्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको ग्यापुले बताएको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् ।
त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved