
हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । बिगत १७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो ।
१ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए । गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए ।
भारत, खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा कम्पनी बिश्वस्त रहेको छ धामीको दाबी छ ।
हरपलले वर्षेनी नयाँ नयाँ ब्राण्डहरु थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको हो । अँग्रेजी नयाँ वर्ष २०२२ देखि गुलाब बासमती चामल उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ ।
‘विशेष गरी बासमती चामल उपभोग गरिरहेका बासमती चामलका पारखीहरुलाई मध्यनजर गरेर यो चामल बजारमा ल्याएका हौं,’ धामीले भने ।
कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको छ । त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध छ ।
हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ । शुभमालिका ब्राण्डको चामल पनि नेपाली बजारमा प्रालिले बिक्री वितरण गरिरहेको छ । यो चामल २५ केजीको प्याकमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।