बजाजको नयाँ वर्ष अफर: बाईक किन्दा ५० हजारसम्म छुट, १० लाखसम्म जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 08:37:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ  । कम्पनीले  नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भईनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्ने जनाएको छ ।

यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बपर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” गरिएको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved