कार अफ द इयर- २०२२ का सबै शीर्ष फाइनलिस्टहरू इलेक्ट्रिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 03:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पहिराउने छन्। संक्षिप्तमा WCOTY भनिने यो अवार्डमा, यसपाली इतिहासमै पहिलो पटक, तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू रहेका छन् ।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा Ford Mustang March-e, Hyundai Ioniq-5 र Kia EV6 परेका छन् । आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन्। उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनि कार अफ द इयरमा तीनओटै फाइनलिस्टहरू EV हुनुलाई उत्सुकताका साथ हेरिएको छ। कार अफ द इयरको तीनओटै फाइनलिस्ट EV रहे पनि Hyundai को IONIQ 5 बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन् । यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथै वर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुण्डाई IONIQ 5 ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ ।

यो वर्ष फाइनलमा कुनै पनि ICE (इन्टरनल कम्बसन इन्जिन) कार नपर्नु अचम्मको कुरा हो । सन् २०२१ मा Volkswagen ID.4, Honda e सँगै Toyota Yaris फाइनलमा प्रतिस्पर्धा गरिरहेका थिए । र फाइनलमा Volkswagen ID.4 ले पुरस्कार जिते पनि Toyota Yaris ले कम्तीमा कम्बसन कारहरूको प्रतिनिधित्व गरेको थियो ।

तर यो वर्ष त्यस्तो नहुनुको अर्थ अबदेखि ICE कार कहिल्यै अवार्डको लागि प्रतिस्पर्धामा आउँदैन भन्ने होइन । तर यसले निश्चित रूपमा मानिसहरूले एउटा कारमा खोज्ने गुणहरू फेरिएको हो कि भन्ने जनाउँछ । अथवा अब इलेक्ट्रिक कारहरू पनि आई.सी.ई. कारहरूको दाँजोमा अब्बल भएका छन् भन्ने पनि बुझ्न सकिन्छ । 

विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने WCA अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो । यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुले अन्य कार निर्माताहरू पनि नयाँ-नयाँ EV बनाउन प्रेरित हुने विश्वास लिन सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved