रोयल इनफिल्डको आधिकारिक बिक्रेतामा त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 09:05:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गत अटोमोविल डिभीजनको “अल्फा अटोमोटिभ प्रा. लि.” नियुक्त भएको छ l त्रिवेणी समुहले उत्पादन, कृषी, ट्रेडिङ, बैंकिंङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरन्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ l 

अल्फा अटोमोटिभ प्रा. लि. ले रोयल इनफिल्डको दुई पांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एबं सफल ब्यबस्थापन गर्ने रणनितीक लक्ष्य लिएको जनाएको छ l 

कम्पनीले भनेको छ 'रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ अधिक लोकप्रिय रही आएको छ l नेपाली बजारमा सबै पुस्ताले विश्वास गरेर रुचाइएको एक मात्र ब्राण्ड हो रोयल इनफिल्ड l '

कम्पनीका अनुसार अल्फा अटोमोटिभ प्रा. लि. ले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने छ l 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved