कैलाली र मोरङमा साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 06:30:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाली र मोरङमा साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेट संचालनमा आउने भएको छ । साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेट गोदावारी - ८, स्याउले बजार, कैलालीमा सुरु हुने भएको हो । साथीमार्टको ९५ औं यस आउटलेटको चैत्र २६ गते उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष अशोक देवकोटाले उद्घाटन गर्ने बताइएको छ ।

'साथीमार्टको व्यापारीक सहयोग र सुविधाहरू देखेर म आकर्षित भएको हुँ ।' आउटलेट सन्चालक दुर्गा प्रसाद ओझा थप्छन् 'साथै यस रिटेल व्यवसायमा देश व्यापी नेटवर्कमा जोडिने, टिमको सहयोग र सर्पोट हुने, थुप्रै विजनेस मोडलमा बसेर काम गर्न सकिने भएकाले म जोडिएको हो ।' आठ सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ । 

त्यस्तै साथीमार्टको नयाँ आउटलेट मोरङ बिराट चोकमा पनि सुरु हुने भएको छ । एग्रो ट्रेडमा आवद्ध रुपा श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेको बताइएको छ । साथीमार्टको ९७ औं यस आउटलेटको चैत्र २७ गते सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले उद्घाटन गर्ने श्रेष्ठले जानकारी दिइन् ।

रिटेल विजनेसमा पहिले देखि नै इच्छा भएको र ग साथीमार्टसंग जोडिएर मोरङमा ग्राहकहरुलाई स्मार्ट शपीङ अनुभव दिन मार्ट सुरु गरेको श्रेष्ठको भनाइ छ । साथीमार्टको उत्कृष्ट मिसन भिजनले पनि आफुलाई आकर्षित गरेको श्रेष्ठको भनाइ छ । सात सय पचास बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्। फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved