स्प्यारो एसएमएसद्वारा नेपालमा भोईस ब्रोडकास्टिङ सेवा सुचारु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 10:29:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्देश र बल्क एसएमएस सेवा प्रदायक कम्पनी स्प्यारो एसएमएसले स्प्यारो भोईस ब्रोडकास्टिङ सेवा सुचारु गरेको छ। यस सेवा अन्तर्गत व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकै पटक फोन कल मार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत मिल्ने जनाइएको छ। 

कम्पनीका अनुसार विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यस स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचनाहरू सजिलै पुर्‍याउन सक्छन्।

चुनावी उम्मेद्वार होस् वा व्यवसाय, उनिहरूले आफ्नो अभियान, उत्पादनहरू, सेवाहरू, वा ठूलो संख्यामा मानिसहरूलाई कुनै पनि निमन्त्रणाको बारेमा जानकारी फैलाउन सजिलैसँग स्प्यारो भोईस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार प्रसारण गर्न अडियो फाइल कुनै पनि भाषामा र तपाईंको आफ्नै आवाजमा रेकर्ड गर्न सकिनेछ। जसले लक्षित दर्शकहरूलाई विभाजन गर्न र थप व्यक्तिगत रूपमा जानकारी प्रदान गर्न मद्दत गर्नेछ। 

स्प्यारो भ्वाइसले आफ्ना सन्देशहरू पढ्न नसक्ने व्यक्तिहरूको लागि सूचना प्रसारणको अवरोधलाई पनि हटाउने बिश्वास गरिएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा स्प्यारो भोईस निकै सहयोगी हुने बताए । उनकोअनुसार भौगोलिक बाधा वा आफ्नो व्यस्त तालिकाको बावजुद, उम्मेदवारहरूले आफ्ना प्रत्येक मतदातालाई आफ्नो अभियानको एजेन्डा सञ्चार गर्न सक्छन्। 

स्प्यारो भोईस न्यूनतम ३० सेकेन्डबाट सुरु हुने र सबै दूरसंचार नम्बरहरूमा समान उचित दरमा स्प्यारो को विभिन्न भ्वाइस प्रसारण प्याकेजहरू प्रदान गर्दछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved