यामाहाको एफजेड एक्स १५० को बिक्री वितरण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 09:05:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 एमएडब्लू इन्टरप्राइजेजले  यामाहाको बहुप्रतिक्षित बाइक एफजेड एक्स १५० को आजबाट बिक्री वितरण सुरु गरेको छ। नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित "महा एक्सचेञ्ज मेला" को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो।


कम्पनीका अनुसार एप जेड एक्स १५० यामाहाको पहिलो 'निपो रेट्रो बाइक हो जुन एलसिडी मिटर र ब्लुटूथ कनेक्टिभिटीजस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ। 'राइड फ्रि अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदापक पात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तपार पारिएको बाइक रहेको कम्पनीले बताएको छ।

माइतबारबाट नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफजेड एक्स १५० को मूल्य ४,२६,९००/- रहेको कम्पनीले जनाएको छ।


यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी" पनि सार्वजनिक गरेको छ । 'रोड टू मोटोजिपी" यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved