२६ देशहरुमा बिक्रि भईरहेको अफिसर्श च्वाइस ब्लू ह्विस्की नेपाली बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 05:57:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अफिसर्स च्वाइस ब्लू ह्विस्की नेपाली बजारमा भित्र्याइएको छ। मदिरा कम्पनी अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स (ए।बि।डी) ले होटल डेला अन्नपूर्णमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफिसर्स च्वाइस ब्लू ह्विस्की नेपालमा सार्वजनिक भएको घोषणा गरेको हो। 

कम्पनीले गत मार्च ३१ सम्म ३ करोड ३२ लाख केश बिक्रि गर्न सफल भएको छ। भारत, यूएई, ओमन, कतार, बहराइन, नाइजेरीया, तान्जानिया, मलेसिया, सिंगापुर, चिली, हाइटी, अमेरिका लगायतका विभिन्न २६ देशहरुमा अफिसर्स च्वाइस ब्लू ह्विस्की बिक्रि हुँदै आएको छ। विश्वमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्की ब्राण्ड मात्र नभएर विश्वमा दोस्रो सबैभन्दा धेरै बिक्री हुने मदिरा ब्राण्ड पनि रहेको कम्पनीको दाबी छ।


अफिसर्स च्वाइस ब्लू ह्विस्की


अफिसर्स च्वाइस ब्लू ह्विस्की अफिसर्स च्वाइसको प्रिमियम संस्करण हो। विश्व बजार प्रवेशको ५ बर्षको अवधिमा नै यस ब्राण्डले ८० लाख केसहरु उत्पादन गरिएको कम्पनीले जनाएको छ। 

यसमा विशेष स्कच जौ र छानिएका अन्नहरुको अद्धितिय समिश्रण रहेको छ। अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्सका कार्यकारी उपाध्यक्ष दिपक रायले भने 'ए.बि.डी को आधारभूत मूल्यहरु मध्ये एउटा निरन्तर आविश्कारिक हुनु र फरक हुनु हो । यहि मुल मन्त्रले अफिसर्स च्वाइस ब्लू उत्कृष्ट ब्लेण्ड मध्येको एक सिर्जनाको रुपमा अगाडि आएको छ।'


अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्सको बारेमाअलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स किशोर छाबरियाद्धारा प्रबद्र्धित कम्पनी हो । यसको फ्ल्यागशिप ब्राण्ड अफिसर्स च्वाइस ह्विस्की हो। यस कम्पनीको पोर्टफोलियोमा अफिसर्स च्वाइस ब्लू ह्विस्की, अफिसर्स च्वाइस ब्ल्याक ह्विस्की, क्लास ट्वान्टी वान ग्रेन भोड्का, जंली रोगर प्रिमियम रम, लर्ड एण्ड मास्टर ब्राण्डी र कायरोन प्रिमियम ब्राण्डीहरु समावेश रहेका छन् । ए.बि.डी भारतमा तेस्रो ठूलो मदिरा कम्पनी हो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved