यस्तो छ २०० बढी राष्ट्रहरुमा बिक्रि हुँदै आएको कोका-कोलाको १३१ बर्षको इतिहास

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2017 | 09:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोलाको इतिहास आज भन्दा करिब १३१ बर्ष अघि ८ मई, १८८६ मा शुरु भएको भएको थियो ।   जतिबेला एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका थिए । 

यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको छ । र यो पेय पदार्थले मानिसहरुको जीवनको एक निरन्तर भागको रुपमा दैनिक हरेक क्षणलाईमाथि उकास्दै र ताजा बनाउँदै आएको छ । 

फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ ।रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए।

व्यापार बढ्दै गएपछि त्यसको प्रतिस्पर्धा र अनुकरण गरियो, जबकी यो प्रतिरुप हुन सक्दछ । कोका–कोलाले उपभोक्ताहरुलाई वास्तविक विषय बाहेक अन्य कुराहरुलाई ध्यान नदिन प्रतिबद्ध हुँदै स्मरण गराउन सुरुवात गर्यो, र ‘डिमाण्ड एण्ड जिनियस’ तथा ‘एक्सेप्ट नो सब्टिच्यूटस्’ विज्ञापन गरायो ।यो प्रतिस्थापनको विरुद्धमा कहिले पनि समाप्त नहुने प्रतिस्पर्धा हो, जसले गर्दा कोका–कोला अद्धितीय प्याकेजिङ् गर्ने निर्णयमा पुग्यो, जून अहिले तपाईँ हामीले देखिरहेको विशिष्ट कोन्टोर बोतल हो।

कोका–कोला कम्पनीले सन् १९२०को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गर्यो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको अतुलनीय उचाईमा पुग्यो । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिएको छ। सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी थियो । जसले गर्दा कोका–कोला बोकेर उपभोक्ताले घर लैजान सजिलो बनायो । 

श्री उडरफले शुरु गरेका कोका–कोलाको अन्तराष्ट्रिय संभावनाको परिकल्पना अझै पनि कम्पनीद्धारा लागू गरिएको तथा यसलाई संसोधित गरिँदै आएको छ ।यसको बोटलर्स तथा सब्सिडरीज्मा सामान्य खुशीको क्षण बनाउनका लागि अनुमप विश्वव्यापी प्रणालीमा कोका कोला व्यवसायलाई समाहित गरिएको छ ।

अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ । एटलान्टामा डा. पेम्बर्टनको साथमा कम्पनी स्थापना भएको क्षण विश्वभर लाखौं पटक थप हुँदै गएको छ ।श्री क्याडलर्सको अद्धितीय विज्ञापन शैलीद्धारा यसलाई पारिवारिक तथा विश्वव्यापी बनाएको छ ।श्री उडरफको परिकल्पनाद्धारा कोका–कोलालाई ‘प्रत्येक हातको चाहनाभित्र’-with in a arm's reach desireराख्न सफल भएको छ ।नेपालमा सन् १९७९ देखि नै कोका–कोलाको बिक्रि सुरु गरिएको हो । 

सन २०१३ मा कोका–कोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो, जून नेपालमा पहिलो पटक वास्तविक सुनौलो ट्रफी प्रत्यक्षरुपमा फुटबल प्रेमीहरुले हेर्न पाएका थिए । कोका–कोला मोःमोत्सवमा, कोका–कोलाले ग्राहकहरुको मनपर्ने कोक र मोःमोको कम्बिनेसनको आनन्द लिएका थिए, जहाँ उनीहरुको मनपर्ने सेलेब्रेटीहरु तथा राष्ट्रिय फुटबल टीमका खेलाडीहरु सहभागी थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved