कहाँ पुग्यो इन–ड्राइभरमाथिको अनुसन्धान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 05:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा हाल अवैध रुपमा ब्यापारिक धन्दा चलाईरहेको राइड सेयरिङ एप इन–ड्राइभर विरुद्द उजुरी परेपछि अनुसन्धान भईरहेको छ । तर, अहिलेसम्म पनि अनुसन्धान सकिएको छैन ।

नेपालमा आएर यसकी प्रतिनिधिले अहिले ‘ट्रायल’ भईरहेको र निकट भविष्यमा दर्ता गरेर सञ्चालन गरिने बताएकी छिन् । तर, दर्ताको कुनै प्रक्रिया सुरु भएको छैन ।

‘अहिलेसम्म कुनै प्रक्रिया सुरु गरेको रेकर्ड छैन, एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) को कुरा हो भने पनि जानकारी हुनुपर्ने, कुनै प्रक्रिया नै छैन’ उद्योग विभाग स्रोत भन्छ, ‘अहिले दर्ता बिना नै चलाउँछु, पछि दर्ता गरौँला वा पछि गर्छु भनेर कहाँ हुन्छ र ? पहिला दर्ता अनि मात्रै सेवा सञ्चालन हुनुपर्यो नि ।’

कहाँ पुग्यो अनुसन्धान ?

नेपालमा सञ्चालनको कुनै पनि प्रक्रिया पूरा नगरेको राइड सेयरिङ कम्पनी इन–ड्राइइभरका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गुनासो पुगेको थियो । सुरक्षाका दृष्टिकोणले असुरक्षित रहेको, बीमा नभएको र राइडर (चालक)हरु जिम्मेवार नभएको विषयमा गुनासो आएपछि प्रशासनले प्रहरीलाई अनुसन्धान गर्न भनेको थियो ।

काठमाडौँ प्रहरी परिसरले अनुसन्धान भईरहेको र साइबर ब्यूरोसँग आवश्यक सल्लाह गर्ने तयारी भईरहेको बताएको छ । अनुसन्धन अन्तिम अन्तिम चरणमा पुगेको बताईएको छ ।

इन–ड्राइभर अमेरिकी कम्पनी हो । यसले विगत केही महिनादेखि नेपालमा निर्वाध रुपमा ब्यापार गरिरहेको छ । तर, यो कम्पनी कुनै पनि आधिकारिक निकायमा दर्ता छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved