ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2022 | 11:29:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमाउने अवसर ल्याएको छ । ग्यापुको अफिलिएट प्रोग्राम अन्तर्गत ‘रिफर एण्ड अर्न’, ‘सेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ ल्याएको हो ।

कम्पनीका अनुसार ‘रिफर एण्ड अर्न’ का लागि प्रयोगकर्ताले सर्वप्रथम ग्यापुको एप डाउनलोड गरि लगइन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिंकलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास (१० रुपैयाँ) प्राप्त गर्न सक्नेछन् । 

साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता (रजिस्टर) गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था रहेको ग्यापुका सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।

यस्तै, ‘सेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक सेयर गर्नेले १० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म कमाउन सक्ने खड्का बताउँछन् ।

 ‘अर्न पर क्लिक’ का लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक सेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा (लिंक खोल्दा) सेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ । प्रतिदिन १०० पटकसम्म लिंक क्लि गर्न पाउने खड्काले जानकारी दिए । 

प्रयोगकर्ताले प्राप्त गर्ने जि–क्यास इ–वालेटहरूमा ट्रन्सफर गरी रिडिम गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved