भक्तपुरको कमलबिनायकमा साथीमार्टको १११ औं फ्रेन्चाइज आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 02:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको १११ औँ आउटलेट भक्तपुरको कमलबिनायकमा सुरु हने भएको छ । उक्त आउटलेट भाद्र ४ गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको हो ।

भक्तपुरमा रहेको एक दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बु र १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वाले उक्त आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् । ‘पारिवारिक दालमोट उत्पादनको व्यवसाय भएकाले सानैदेखि रिटेल सेक्टरमा इच्छुक थिएँ । अब अर्को नयाँ व्यवसाय सुरु गर्दै गर्दा रिटेल सेक्टरमा नै अगाडी बढेको हुँ,’ सञ्चालक अशोकले भने ।

यस्तै अर्का सञ्चालक शिव भन्छन् ‘धेरै लामो समयदेखि सहकारी क्षेत्रमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निर्णय गरेको हुँ, ।’

समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनीहरूको छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरु एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् ।१ हजार वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर लगायतका सामान उपलब्ध हुनेछन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्। एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved