फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 11:44:23 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल ११० स्टल रहने छन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ । इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भईसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ ।

झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ, जोशीले भने, यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”

५ दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री मुख्य आकर्षणका रुपमा रहने छन् । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ ।

एक्स्पो अवलोकनका लागि १०० रुपैंया शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्धारमा राखिएको व्यक्तिगत विबरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विबरण भरेर निशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ ।

कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथीहरुलाई एक्स्पोको प्रवेश पास डिजी पे मार्फत नै उपलब्ध गराइने इभेण्ट सोलुसनले जनाएको छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved