भक्तपुर र नारायणटारमा साथीमार्टको आउटलेट सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 05:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सबैभन्दा ठूलो र धेरै शाखा सञ्जाल भएको रिटेल चेन साथीमार्टको दुईवटा नयाँ आउटलेटहरु सञ्चालनमा आएका छन् । गोकर्णेश्वर-५ नारायणटार र भक्तपुरको कमलबिनायकमा नयाँ आउटलेटहरु सञ्चालनमा आएका हुन् । 

कमलबिनायकमा १२ वर्षदेखि सहकारी क्षेत्रमा आवद्ध शिव सुन्दर कासिछ्वा र दालमोट फ्याक्ट्रिका सञ्चालक अशोक किलम्बुले नयाँ आउटलेट सञ्चालनमा ल्याएका हुन् । त्यस्तै भर्खरै उच्च शिक्षा सकेर बसेका छेवाङ शेर्पाले नारायणटार आउटलेट सञ्चालनमा ल्याएका हुन् । दुईले आ–आफ्नै संस्कृति अनुसार आउटलेटको उद्घाटन गरेका थिए । शिव सुन्दर कासिछ्वा र अशोक किलम्बुले नेवारी संस्कृति अनुसार आफैले उद्घाटन गरेका थिए भने छेवाङ शेर्पाकाे आउटलेट खेन्पो गावाङ छोपेल शेर्पाले गरेका थिए । 

समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने विश्वास उनीहरूको छ । साथै लोकल लेभलमा पनि हरेक ग्रोसरी शापीङदेखि सम्पूर्ण घरयासी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने भएकै कारण साथीमार्टसँग जोडिएको उनीहरू बताउँछन् । साथीमार्टसँग जोडिएपछि एउटा राष्ट्रिय स्तरको नेटवर्कमा जोडिई नेपालको रिटेल इतिहासमा फरक तरिकाले प्रस्तुत हुन चाहेको उनीहरूको भनाई छ । 

यी आउटलेटहरूमा आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved