मिदास टेक्नोलोजीद्वारा राष्ट्रिय ट्रमा सेन्टर र हेटौंडा अस्पतालमा अनलाइन टिकट सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 05:18:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउँन बिहानै देखि घण्टौँलाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो सेवा स्वास्थ्य क्षेत्र अन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरु गरिएको छ । यस सँगै बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथैसमयको पनि बचत हुने कम्पनीले जनाएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा उपलब्ध छ । मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाईएको  कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved