शेयरबजारको हाथवे इन्भेष्टमेन्ट अब खाद्यमा पनि, हाईलाइफ फुड्सको स्वामित्व खरीद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 09:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा लगानी गरिरहेको हाथवे इन्भेष्टमेन्टले खाद्य व्यवसायमा पनि हात हालेको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र बिजनेश इन्ट्रेस्ट गुर्प अफ इन्डस्ट्रिज (बिग इन्डस्ट्रिज)ले हाईलाइफ फुड्समा लगानी गरेका हुन्  ।

यी ३ संस्थाबीच आज सोमबार लगानी समबन्धि सम्झौता भएको हो । हाथवे र बिग बिग इन्डस्ट्रिजले हाइलाइफ फुड्सको ५० प्रतिशत सेयर स्वामित्व लिएको हो ।

हाथवेका संचालक अम्बिका प्रसाद पौडेलले यस सम्झौता सँगै अब कृषिमा मात्र नभई कृषि उत्पादनलाई प्रशोधन गरी प्रत्येक नेपालीको चुल्हो सम्म स्वास्थ्य र पौष्टिक आहारको रूपमा उपस्थित हुने बताएका छन्। आयात प्रतिस्थान गर्दै कृषि उत्पादनलाई निर्यात गर्ने यो सुरुवाती अभियानमा यहाहरु सबैको साथ र सहयोगको अपेक्षा गरेको पनि उनले उल्लेख गरेका छन् । 

हाइलाइफले हाइलाइफ मार्निंग, हाइलाइफ एसेनसियल्स र हाइलाइफ एलेमेन्ट गरि विभिन्न १८ वटा प्रडक्ट उत्पादन गरिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved