उपाय सिटी कार्गो अब नयाँ रुपमा, लोगो पनि परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 11:16:15 AM मा प्रकाशित

laxmi  sunrise bank

उपाय सिटि कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ । यस सँगै यो कम्पनी अब अब उपाय सिटी कार्गो, 'उपाय' को नामले चिनिने छ।

उपायका प्रबन्ध निर्देशक समन रायमाझीले  पुरानो लोगोको सारलाई राख्दै नयाँ लोगो पुनः डिजाईन गर्नु चुनौतीपूर्ण रहेको बताए। उनले भने 'हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो। उपाय आफ्नो डेलिभरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेधारहरुको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठुलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ।'

उनका अनुसार निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको छ। नयाँ लोगोमा तिनवटा माईल रहेको र यसले उपायको पूर्ण वानीको प्रकृयालाई चित्रण गरेको उनले बताए ।

उनी भन्छन् "पहिलो माईल (First Mile Delivery) जुन दुवानी प्रकृयाको शुरुवात हो, मध्य माईल (MId Mile Delivery) जहाँ सामान गन्तव्यसम्म पु-याउनको लागि गरिने कार्यलाई जनाउछ। अन्तिम माईलले (Last Mile Delivery) सामान गन्तव्यमा सुरक्षित रूपमा पुगेको जनाउँछ।"

नेपालमा ब्यापारिक र निजि प्रयोजनको लागि सस्तो, भरपर्दो, र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ। नयाँ लोगोले उपायलाई एक विश्वसनिय र गुणस्तरिय सेवा प्रदायकका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved