रेनोनेपालद्वारा रेनो क्विडको नयाँ गाडी सार्वजनिक 'शक्ति र डिजाइनको अनुपम संयोजन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 08:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनो नेपालले रेनो किडको नयाँ गाडी सार्वजनिक गरेको छ। कम्पनीले ‘लीभ फर मोर एडिसन’ स्लोगान सहित रेनो क्विड १.०ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिन नेपाली बजारमा भित्र्याएको हो।

बुधबार सोल्टी क्राउन प्लाजामा एक बिशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको रेनो क्विडको मूल्य २० लाख ९८ हजार रुपैयाँ तोकेको छ। आकर्षक, आविश्कारिक, तथा किफायती रहको रेनोको रेनो किड १ लिटर सहि अर्थमा नेपालका लागि गेम चेन्जर तथा मूल्यवान हुने कम्पनीको अपेक्षा रहेको छ।

रेनो नेपालले दिएको जानकारी अनुसार रेनो क्विड रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो। क्विड १.०ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई ससक्त बनाईएको छ भने यसलाई निकै कुशलतापूर्वक सिर्जना गरिएको छ । यसको विशेषताहरुले क्विडलाई विशिष्टता र जिवन्तताको माथिल्लो उचाईमा पुर्याएको छ ।     


रेनो नेपालद्धारा रेनो क्विड तथा डस्टर केबल ८ महिना अवधिमा १००० हजार यूनिट बिक्रीको सफलतापछि, रेनो नेपालले क्विड ह्याचब्याकको विशेष संस्करण जसलाई ‘लीभ फर मोर एडिसन’ भनेर चिनिन्छ, १.० ली. इन्जिन नेपालमा अनावरण गरेको हो। क्विड १.० लीले कम्प्याक्ट ह्याचब्याक सेगमेन्टका कारहरु खरिद गर्न चाहने ग्राहकहरुका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ।        

शक्ति र डिजाइनको अनुपम संयोजन


रेनो क्विड रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो। कम्पनीका अनुसार क्विड १.०ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई ससक्त बनाईएको छ भने यसलाई निकै कुशलतापूर्वक सिर्जना गरिएको छ । यसको विशेषताहरुले क्विडलाई विशिष्टता र जिवन्तताको माथिल्लो उचाईमा पुर्याएको छ ।


क्विड एउटा कारको रुपमा ग्राहकहरुको ‘लीभ फर मोर’ को चाहनालाई पुरा गर्ने स्थानमा रहेको छ । उत्कृष्ट कार्यक्षमताका लागि ब्राण्ड न्यू १.०ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनलाई अतुलनीय डिजाईन गरिएको छ । यसको डबल ओभर हेड कामसफ्टको फोर भल्भ पर सिलिण्डर न्यूनतम प्रेसरमा पनि उच्च कार्यक्षमता देखाउँछ र अधिक एयर फिलिङ गर्दछ, जसको कारण लो इण्ड, मिड रेन्ज ताथ हाई एण्ड रेभ ब्याण्डमा पनि इन्जिनले आवश्यक उर्जा उत्पन्न गर्दछ । यो उच्चतहरुको प्रविधियुक्त इन्जिनले शहरी सडकमा होस वा राजमार्गमा यात्रालाई सहज बनाउँछ ।

सुरक्षामा बिना कुनै सम्झौता

कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनो क्विड यसअघि नै चालकका लागि एयर ब्यागको विकल्पका साथ उपलब्ध छ । सुरक्षालाई नयाँ स्तरमा पुर्याउन, क्विड १.०ली स्मार्ट कन्ट्रोल ईफिसिएन्सी इन्जिनमा पहिलो श्रेणीको प्रो सेन्स सीटबेल्ट प्रीटेन्सनर्स विथ लोड लिमिटर्स राखिएको छ । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो श्रेणीका कारहरुमा मात्र राखिएको कम्पनीको दाबी छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved