उपायको ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 06:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको डिजीटल क्षेत्रमा उल्लेखनिय भूमिका निभाइरहेका २ संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । 

जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा इसेवाको एपमार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सक्नेछन् । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सक्नेछन् ।

असोन महिनादेखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । 

उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने, ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ 

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले इसेवाले जहिले पनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने सेवाहरु थप गर्दै जाने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved