असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 06:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको साथीमार्टका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

यसका साथै मार्टले प्रविधिको विकास, हप्ताको सातै दिन र २४ सै घण्टा सहयोग गर्ने, सप्लाइ चेनको ब्यवस्थापन, स्टोर सेटअप र त्यसको व्यवस्थापनका लागि सहयोग गर्ने र अन्य नयाँ योजनाहरु लागू गर्ने पनि बताएको छ ।

नेपालमा पहिलोपटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ–कमर्स सञ्चालन गर्ने साथीमार्टले देशैभर सेवा विस्तार गरेको छ ।

एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई–्कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुविधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ । नेपालमा ३० भन्दा बढी जिल्ला र ६० भन्दा धेरै सहरमा साथीमार्टको १०८ फ्रेन्चाइज सञ्चालनमा छन् । त्यस्तै, काठमाडौ, इटहरी, विर्तामोड र बुटवलमा वायरहाउस रहेको छ, र चितवन र धनगढीमा छिट्टै सञ्चालन गर्ने योजना रहेको छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved