पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 06:55:41 PM मा प्रकाशित

laxmi bank sanima

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य रु.१०० कायम गरेको छ । 

यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने छ । यस अगरबत्तीले उत्कृष्ट गुणस्तरियता कायम राखी साथमा मंगलदीप ब्राण्डको छबि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।

दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । 

यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्ने ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ । 

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा उपलब्ध छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved