Election 2079 Worldcup 2022

इनड्राइभर बन्दको माग गर्दै सर्वोच्चमा रिट दायर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2022 | 12:51:58 PM मा प्रकाशित

laxmi bank

कानुनी रुपमा कतै दर्ता नै नभई नेपालमा खुलेयाम ब्यापार गर्दै आएको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । 

अधिवक्ता जगतबहादुर रावलले राइड शेयरिङ एप इनड्राइभर नेपालमा अवैधानिक रूपमा चलिरहेको भन्दै बन्द गराउन मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

नेपालमा दर्ता नै नभएको उक्त कम्पनीले गरेका काम नेपालको कानून विपरित रहेको दाबी गर्दै मुद्दा दायर गरेका हुन् । 

“उक्त एपले नेपाली जनताको जिउज्यानको सुरक्षा, बीमा लगायतमा प्रत्याभूति नदिएको र त्यसको जानकारी दिँदा समेत कुनै पनि किसिमले रोक्ने वा नियमन गर्ने काम नहुनु नेपाली नागरिकको संविधान प्रदत्त मौलिक हक, संविधानले कल्पना गरेको कानुनी शासन विपरीत हो” दायर रिटमा भनिएको छ । 

यो एप औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५, उपभोक्ता संरक्षण ऐन, २०७५ को विपरित भएको दाबी रिटमा गरिएको छ । 

राइड शेयरिङ एप इनड्राइभरमार्फत नेपालमा सञ्चालन गरिएको व्यवसाय अब उप्रान्त संचालन गर्न नदिनु भनी विपक्षीको नाममा परमादेशको आदेश माग गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved