बिराटनगरको कञ्चनबारीमा साथीमार्टको ११३ औं आउटलेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 08:29:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट बिराटनगरको कञ्चनबारीमा उद्घाटन गरिएकाे छ । स्नेसनरी व्यापार र सामाजिक कार्यमा सक्रिय बलराम केसीले उक्त आउटलेट सञ्चालनमा ल्याएका हुन् भने उनका १०५ वर्षिया हजुरबुबा कृतिराज गिरीले उद्घाटन गरेका हुन् । 

कुल एक हजार स्क्वायरफिटमा फैलिएको यो आउटलेट सञ्चालनमा ल्याउनुको मुल उद्देश्य स्मार्ट सपिङ कल्चरलाई व्यवस्थित तरिकाबाट परिचालन गर्नु नै रहेको बलराम बताउँछन् । उनका अनुसार, यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई–कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज नदिने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved