६ वटा सुविधा सहित आयो नयाँ राइड सेयरिङ प्लेटफर्म ‘जाउँ गुरु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 04:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा राइड सेयरिङ प्लेटफर्मको बढ्दो लोकप्रियताबीच नयाँ कम्पनी ‘जाउँ गुरु’ सुरू भएको छ । आइतबार काठमाडौँ स्थित एक होटलमा कार्यक्रम आयोजना गरि ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरिएको हो ।

जाउँ गुरु एपमा ६ वटा सुविधा  बाइक, ट्याक्सी, बाइक डेलिभरी, पानी ट्याङ्की, मिनी ट्रक र जीप बुकिङ गर्न सकिने कम्पनीका उपाध्यक्ष खुशी मान तावा लिम्बुले जानकारी दिए ।

जाउँ गुरु प्रा.लि द्वारा संचालित ‘जाउँ गुरु’राइड सेयरिङ प्लेटफर्ममा इन्द्रहांग लिङ्देन,खुशी मान तावा लिम्बु र दिवाकर अर्याल गरि ३ जनाको लगानी रहेको छ ।अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि बिस्तार गरिने लिङ्देनको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved