साथीमार्टको ११७ औं आउटलेट सानाेठिमीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 07:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११७ औँ आउटलेट सानोठिमी भक्तपुरमा सञ्चालनमा आएको छ । चार जना साथीहरु दिलिप घर्ती, साजन राउत, पुरुषोत्तमकुमार चौरासिया र कुमोद मण्डलले रिटेल व्यवसायमा इच्छा भएर सोमबारदेखि उक्त आउटलेट सञ्चालनमा आएको हो । 

सात सय स्क्वायर फिटमा फैलिएको यो आउटलेट सानोठिमीको दिव्यश्वरी प्लानिङमा रहेको छ । रिटेल व्यवसायमा नयाँ लगानीकर्ता भएको मार्टका सँस्थापक सिइओ सागर पोख्रेलले जानकारी दिए ।

नेपालको प्रख्यात रिटेल चेन साथीमार्टसँग हातेमालो गरि अगाडि बढन चाहानाले पनि आउटलेट खोलेको उनीहरुले बताएका छन् । सहरका व्यस्त बस्तीहरुमा गुणस्तरिय अल इन वन स्मार्ट मार्टको आवश्यकता देखेर यस क्षेत्रमा प्रवेश गरेको सञ्चालकहरुले बताएका छन् । यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट  (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved