ग्यापुको टिकटक हिरोका लागि भोटिङ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 07:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आयोजना गरेको ‘टिकटक हिरोज सिजन २’ का लागि भोटिङ सुरु गरेको छ । ग्यापुको मोबाइल एपमा गएर आफूलाई मन पर्ने टिकटकरलाई निशुल्क भोटिङ गर्न सकिनेछ ।

टिकटक प्रयोगकर्तालाई टिकटक हिरोजमा सहभागी हुनका लागि कात्र्तिक ४ देखि १८ गतेसम्म फारम खुला गरिएको थियो । सहभागीमध्ये उत्कृष्ट सय जना छनोट गरी भोटिङ खुला गराएको ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए ।

उक्त प्रतियोगितामा विजेतालाई ३ लाख ५० हजार, प्रथमलाई २ लाख, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार तोकिएको शर्मा बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved