मोटिभ सिक्स एस स्मार्टवाच नेपाली बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 11:02:55 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टवाच ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । 

चीनको बहुराष्ट्रिय मोबाईल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् नेपाली बजारमा प्रवेश गरेको ४ महिनामै दर्जन बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरु भित्र्याउन सफल भएको छ ।

केमियो इन्टरनेशनल प्रा. लि. ले आफ्नो दोश्रो ब्राण्डको रुपमा रिभरसङ्लाई नेपाली बजारमा ल्याएको हो ।

रिभरसङ् नेपालको मुख्यालय बागदरबारमा आयोजित एक विशेष कार्यक्रममा रिभरसङको नयाँ स्माटवाच मोटिभ सिक्स एस सार्वजनिक गरिएको हो । 

आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ् मोटिभ सिक्स एसको सार्बजनिक गर्दै यसका विशेषताहरु प्रष्ट्याए । मोटिभ सिक्स एसमा पचास भन्दा बढी फिटनेस ट्र¥याकिङ् अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाईज्ड् रहेको कम्पनीले जानकारी दिएको छ ।

ब्लुतुथ कलिङ् अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी समेत निक्कै उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम विक्री मूल्य ६ हजार ४ सय २५ रुपैंयाँ तोकिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved