रवीन मोक्तान बने सर्वाेत्कृष्ट टिकटकर, जिते १ लाख ५० हजार पुरस्कार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 05:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एसवाई बजार प्राइभेट लिमिटेडको आयोजना भएको टिकटम कम्पिटिशनमा रवीन मोक्तान सर्वाेत्कृष्ट टिकटकर्ता घोषित भएका छन् । घोषितसहित उनी १ लाख ५० हजार रकमसहित पुरस्कृत भएका छन् । 

एसवाई बजार प्रालिले आइतबार राजधानींमा आयोजित पुरस्कार वितरण कार्यक्रममा मोक्तानसहित अन्य १५ जना नगद पुरस्कारबाट पुरस्कृत भएका छन् । पहिलो हुने एकजना, दोश्रो हुने दुईजना, तेश्रो तीन जना, चौथो हुने चार जना र पाँंचौ हुने पाँंच गरी कुल १५ जनालाई ९ लाख रुपैयाँं नगद पुरस्कार प्रदान गरिएको हो । 

एसवाई बजार नाइन लाख जिंगल च्यालेन्ज कम्पिटिशनमा सहभागीहरुमध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको हो । कम्पनीका अध्यक्ष होङ योङ ढोङलगायतका कम्पनीका पदाधिकारीहरुले उनीहरुलाई नगद पुरस्कार वितरण गरेका थिए । 

पहिलो पुरस्कार रवीन मोक्तानले १ लाख ५० हजार नगद पाए भने दोश्रो पुरस्कार बापत हेमन्त पाण्डे र अजय श्रीस मगर १/१ लाख नगद पाएका छन् ।

तेश्रो हुने विशेष सिग्देल, रेश्मा राई र गोकुल नकर्मीले जनही ७५ पचहत्तर हजार नगद पुरस्कार पाए ।

चौथो हुने नमु न्यौपाने र गोपाल कृतिको जोडी, अस्मिता भुजेल, जिके डान्स एकेडेमी र प्रिन्सिका श्रेष्ठले ५०/५० हजार नगद पुरस्कार पाए ।

पचौँ भएका ५ जना सुरोज तामाग, मयुर वस्नेत, अशोक क्षेत्री र रविन अधिकारीको जोडी, रमेश वुढाथोकी र अन्जन न्यौपानेले जनही ३०/३० हजार पुरस्कार पाएका छन् ।

प्रतिपस्र्धीहरु सबैले ४४ सेकेण्डको एस वाई बजारको जिंगलमा आधारित रहेर टिकटक बनाएका थिए । उनीहरुलाई ५० प्रतिशत कन्टेन्ट, २० प्रतिशत क्रियटिभिटी, २० प्रतिशत लाइक र १० प्रतिशत कमेन्टलाई आधार बनाएर मूल्यांकन गरिएको थियो । 

कार्यक्रममा एसवाई बजारलाई प्रात्साहन गर्ने तीन जनालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।  

एसवाई वजार अनलाइन सपिंग बजार एप्स हो । यो एप्समा गएर आफूले चाहेको जुनसुकै कोरियन सामान नुनदेखि सुनसम्म अनलाइनमार्फत् पाउन सक्ने जनाइएको छ । 

एसवाई बजारले नेपालमा एसवाई प्यानलको पनि उत्पादन गर्दै आएको छ । एसवाई प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालका साथै युपीभीसीका झ्यालढोकालगायतका नयाँं निर्माण सामाग्री उत्पादन गर्ने गर्दछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved