खानाका पारखीका लागि ‘बाटो’ले ल्यायो नयाँ मोबाइल एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 04:58:28 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ लिभिङ्ग ल्याब्स कन्सल्टले आफ्नो मोबाइल एप्लिकेसन ‘बाटो’मा नयाँ फिचर ल्याएको छ ।

बाटोले आफू रहेको स्थान देखाउने मात्र नभई आफूले चाहेको स्थानसम्मको दिशा देखाउन सो स्थान वरिपरी रहेका विभिन्न ल्याण्डमार्कहरुको पनि प्रयोग गर्छ ।
नेपालका विकट स्थानहरुमा नेटवर्क उपलब्ध नहुने कुरालाई ध्यानमा राखी पर्णूरुपमा अफलाइन रहेरै कुनै स्थानसम्मको दिशा देखाउने सविधा पनि बाटो एपमा समावेश छ ।

यस विशषताका कारण बाटो एप टेलिकमको नेटवर्क भए नभएका नेपालभरी का सम्पर्णू स्थानहरुमा चलाउन मिल्छ । विभिन्न ट्रेकिङ्ग रुटहरुको विस्ततृ डाटा पनि समावेश भएको हुनाले यो एप देशी विदेशी सम्पर्णू पर्यटकहरुको पनि सहयात्री बन्न सक्ने विश्वास लिइएको छ ।

खानाका पारखीहरुले आफूनजिक के कस्ता स्थानीय खानाहरु पाइन्छन् भन्ने विषयमा खोजी गर्नका लागि पनि यस एपले सहज बनाउने विश्वास लिइएको छ ।
यसको कार्ड इन्टरफेसमा खानाका विभिन्न परिकारहरु स्वाइप गर्दै हेर्न र आफूलाई चाख्न मन लागेका परिकारहरुलाई लाइक गर्न सकिनेछ । यसपछि एपको प्रोक्सिमिटी रेकमेन्डसन प्रणालीले यदि हिड्दै जाँदा यसअघि आफूले लाइक गरेका परिकारहरु पाउने रेस्टुरेन्ट नजिक पुगियो भने सो परिकार चाख्नको लागि रिमाइन्डर पनि पठाउनेछ ।

यसैप्रणालीले आफू नजिकै रहेका पार्किङ्ग गर्ने स्थान, फार्मेसी तथा अन्य विभिन्न स्थानहरु पनि नक्सामा देखाउँछ । अहिले बाटो एप स्वादिष्ट तथा सबभैन्दा चाखलाग्दा परिकारहरुको खोजी गर्ने एप बनेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved