साथीमार्टको ११९ औं आउटलेट इमाडोलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 02:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै ठूलो चेन साथीमार्टको ११९ औं आउटलेट ललितपुरको इमाडोलमा सञ्चालनमा आएको छ । महालक्ष्मी नगरपालिका-१ का वडाध्यक्ष छिरिङ लामाले आइतबार आउटलेटको उद्घाटन गरेका छन् ।

इमाडोलको किस्ट मेडिकल कलेज नजिक रहेको सो आउटलेट व्यवसायी प्रवाश महर्जनले सञ्चालनमा ल्याएका हुन् । सात सय स्क्वायर फिटमा फैलिएको यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर लगायतका सामान उपलब्ध छन् । करिब ४० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको यो आउटलेट कम्पनीको १ सय १९ औं आउटलेट हो । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com)  मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved