१ अर्ब ३५ करोडको विश्वकै महँगो कार सार्वजनिक (तस्विर र भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 10:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै सर्वाधिक महँगो गाडी सार्वजनिक गरिएको छ। गाडीका पारखीहरुका लागि रोयल रोयसले निजि बिमानमा हुने विशिष्ट सुविधा सहितको बिशेष गाडी सार्वजनिक गरेको हो। 

रोयल रोयस स्वेप्टली नाम दिईएको यो रोयल्स रोयस विश्वकै सर्वाधिक महँगो भएको अन्तराष्ट्रिय संचार माध्यमले लेखेका छन। कम्पनीले यस अत्याधुनिक सुविधा सहितको गाडीको मूल्य औपचारिक रुपमा सार्वजनिक नगरेपनि अन्तराष्ट्रिय संचार माध्यमले यसको मूल्य १३ मिलियन अमेरिकी डलर अर्थात नेपाली १ अर्ब ३५ करोड (१ डलर बराबर नेपाली रुपैयाँ १०३।८८ को दरले हिसाब गर्दा ) पर्ने जनाएका छन। 

हेर्दा उत्कृष्ट र शानदार देखिने यस गाडीको निर्माण कार्य सन २०१३ देखि सुरु गरिएको कम्पनीद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। रोयल रोयस स्वेप्टलीको औपचारिक उद्घाटनमा उपस्थित गाडी पारखीहरुले यस कारलाई 'सुपर यन्त्र र निजि बिमान सहित विशिष्ट, एक बन्द बस्तुहरको संकलन' को संज्ञा दिएका छन। 

सन् १९२० र १९३० को दशकमा बजारमा ल्याइएको रोयल रोयसबाट प्रभावित भई यस गाडीको निर्माण गरिएको कम्पनीले जनाएको छ। रोयल्स रोयस हेर्दा भर्खरै इटालीमा लन्च गरिएको कन्कोर्सो दि एलिगाजा जस्तो देखिएपनि यसको बिशेषता अतुलनीय रहेको बताइएको छ। गाडी प्रदशनमा उपस्थित गाडी पारखीहरुले शब्दमा बयान गर्न ग्राहो भएको प्रतिक्रिया दिएका छन। 

रोयल्स रोयस स्वेप्टलीको मूल्य अहिलेसम्म कै सर्वाधीक महँगो भएको टेलिग्राफले समाचार लेखेको छ। यस अघि महँगो भनिएको बुगटि चिरन स्लट्सको मूल्य ४ मिलियन अमेरिकी डलर रहेको टेलिग्राफले लेखेको छ। 'कम्पनीले गाडीको मूल्य ठ्याक्कै कति तोक्ने छ यसबारे अहिले भन्न हतार हुने छ तर गाडी झट्ट हेर्दा वागन जस्तो देखिएको छ, जुन केहि अनौठो लाग्न सक्छ फेरी पनि मानिसहरु हामीलाई केहि राम्रो र फरक अनुभूति दिने चीजको खोजीमा हुन्छन' टेलिग्राफले लेखेको छ।    





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved