ज्ञान मह नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 06:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 के.एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

साथै स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम  र  १  केजि  प्याकमा उपलब्ध छ ।

के.एल. दुगड समुहले ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved