सब्रत एग्रो प्रा. लि. ले आफ्नो बहुप्रतिक्षित उत्पादन इलाएटी बजारमा ल्याएको छ । सन् २०२१ मा स्थापित, सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उदेश्यले स्थापना गरिएको कम्पनी हो ।
कम्पनीका अनुसार इलाएटी एउटा सानो पारिवारिक व्यवसायबाट आएको हो जुन पुस्तौदेखी अलैंची खेतीमा संलग्न छ । इलाएटी कुनै पनि चिया पारखिको लागी एक अद्वितीय र विशेष सङ्कलन हुन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका सीईओ नितेश कटुवालका अनुसार इलाएटी ३०० मिलिको प्याकमा बजारमा उपलब्ध छ, जसको मूल्य रु ८० तोकिएको छ। उनले नेपाली आइस्ड टि उद्योगमा इलाएटीले महत्वपूर्ण प्रभाव पार्ने र यो उत्पादन ले उपभोक्ताको मन जित्नेमा आफु विश्वस्त रहेको बताएका छन्।