नेपालमा भिभो भी२७ सिरिजको प्रि-बुकिङ खुला, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 02:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

 भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भी २७ सिरिज सार्वजनिक गरेको छ। नेपालमा यी दुवै स्मार्टफोनहरु वैशाख २५ देखि ३१ गतेसम्म प्रि-बुकिङको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकहरुले रु ३००० तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि बुकिङ गर्न सक्नेछन् । साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि-बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड पाउँने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार फोनमा स्लीक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोर्ट्रेट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरु छन् ।

भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भने , “भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ताहरू सधैँ यस स्मार्टफोनहरूप्रति आकर्षित हुँदै आएका छन् । भिभोमा, हाम्रो मूल सिद्धान्त बेन्फेनप्रति हामी प्रतिबद्ध छौं, जसले निरन्तर अनुसन्धान र सही कामहरू गर्ने हामीलाई अग्रसर गर्दछ । र, भी२७ सिरिज यो अटल प्रतिबद्धताको प्रमाण हो ।"

कम्पनीका अनुसार भी२७ सिरिजका स्मार्टफोनहरूले मोबाइल फोटोग्राफीको संसारमा गेम-परिवर्तकको रूपमा काम गर्नेछ । भी२७ फाइभजीमा औरा लाइट पोर्ट्रेट प्रणाली छ जसले ग्लोइङ पोर्ट्रेटमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ ।

कम्पनीले भनेको छ 'भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा- सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ । साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ । त्यस्तै भी२७ई को ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ । यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन् ।'

कम्पनीका अनुसार भी२७ फाइभजी भिभोको नेपालको पहिलो १२० हर्ज थ्रीडी कर्म स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूको भिजुअल अनुभव वृद्धि गर्दछ । त्यस्तै भी२७ई मा २.५डी स्क्रिन र १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ जसले स्क्रिनको ब्राइटनेशलाई व्यवस्थीत गर्दै जीवन्त रंगहरू प्रदान गर्दछ ।

भी२७ सिरिजमा ४६०० एमएएच व्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ 'भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ । त्यस्तै भीर७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ ।'

कम्पनीका अनुसार भी२७ फाइभजी म्याजिक ब्लू र नोवल ब्ल्याकमा रु ५८,९९९ मा ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा रु उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रंगहरूमा ४१,९९९ मा उपलब्ध हुनेछ । दुवै स्मार्टफोनहरु ८ +२५६ जीवी भेरियन्टमा मे १५ अर्थात जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ईकर्मसमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved