रिभरसङले नयाँ मोडलको ईयरबड्स नेपाली बजारमा भित्र्याएको छ। केमियो इन्टरनेशनल प्रा. लिले आफ्नो रिभरसङको नयाँ एयरफ्ल्ई एल ३ नामक ईयरबड ल्याएको हो।
यसमा इन्भाइरोमेन्टर न्वाइज क्यान्सिलेसनको फिचर रहेको छ। यसमा एचडी स्टेरियो साउण्ड र लसलेस अडियोको सुबिधा रहेको छ।
यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई यसमा राखिएको छ जसले प्रयोगकर्ताको' कमाण्डको आधारमा मनपर्ने कार्य गर्न सकिन्छ।
ब्लुटुथस् ५.३ कनेक्सन, स्वीट प्रुफ अर्थात पसिनाले असर नगर्ने प्रमाण आईपीएक्स ५.० रहेको छ भने १० मिटरसम्म डिभाइसमा कनेक्सन हुनसक्दछ।
एयरफ्लाई एल ३ मा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ। जसले ५ घण्टासम्म निरन्तर प्लेब्याक गर्न सकिनेछ।यसमा १ वर्षको वारेन्टी रहेको छ।