उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा ३१ कम्पनीलाई सफाइ पेश गर्न जारी गरेको छ । विदेशी कम्पनीहरुसँग मिल्दोजुल्दो ट्रेडमार्क वा लोगो बनाएर ट्रेडमार्क नक्कल गरेर व्यवसाय गरिरहेको भन्दै उजुरी परेपछि विभागले ३१ कम्पनीसँग प्रष्टिकरण माग गरेको हो ।
विदेशका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका थिए ।
विभागले जेठ २२ गते ७ दिनभित्र लिखित सफाइ पेश गर्न भनेको छ ।