सिप्रदी ट्रेडिङ्गलाई टाटा मोटर्सको विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिव्युटर अवार्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 10:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सिप्रदी ट्रेडिङ्ग सम्मानित भएको छ। भारतको मुम्बईमा सम्पन्न भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सिप्रदी ट्रेडिङ सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो। 

युरोप, अफ्रिका र एसियाका गरी विश्वका ४५ देशबाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको वितरकहरु मध्येबाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्गले अन्य आठ वटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ।

बस र एम एण्ड एचसिभी ट्रक विधा बाट सर्वाधिक विक्री र सर्वाधिक मार्केट सेयरको उपाधी समेत कम्पनीले पाएको छ। त्यस्तै अल्ट्रा बसको लागि सर्वाधिक विक्री, उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट, सर्वाधिक मार्केट सेयर र उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प अवार्डहरुबाट पनि सम्मानित भएको छ।

कार्यक्रममा विश्वभरीका टाटा मोटर्सका आधिकारिक वितरकको सहभागिता रहेको थियो। अवार्डहरुबाट सम्मानित भएपछि सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी दिनहरुमा पनि राम्रो काम र उत्कृष्ट सेवाहरु प्रदान गर्दै अवार्डहरु बाट निरन्तर सम्मानित हुने प्रतिबद्धता जनाए।

सन् १९८२ मा स्थापित सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सका विभिन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ। नेपालभरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको यस कम्पनीलाई धेरै पटक सबैभन्दा बढी कर तिर्ने सस्थांको रुपमा नेपाल सरकारले पनि सम्मान गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved