द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 01:07:40 PM मा प्रकाशित

laxmi sunrise bank

दि नेपाल डिस्टिलरिजले काठमाडौं महानगरपालिका-१६ को बालाजुस्थित केहि सडक क्षेत्रमा पोल तथा सडक बत्ती जडान गरेको छ । 

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको बताएको छ ।

सडक बत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडक बत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ। 

समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन्। खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीय बीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी,वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टिलरिजको सहयोगप्रति आभार प्रकट गरे ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved